काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा जनार्दन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको २२औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट बराल सेजनको नेतृत्वमा पुगेका हुन् । अध्यक्षमा बराल, शिरोमणि ढुंगाना र आशिष ज्ञवालीबीच प्रतिस्पर्धा भएको थियो ।

सेजन कार्यसमितिको उपाध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । उपाध्यक्षमा ओली र कृष्ण रिजाल उम्मेदवार थिए । त्यसैगरी, महासचिवमा भागवत भट्टराई चुनिएका छन् । महासचिवमा भट्टराई र विनय बञ्जारा प्रतिस्पर्धी थिए ।

सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा चुनिएका छन् । सचिवमा पौडेल, हिमा बिक र एलिजा उप्रेती उम्मेदवार थिए भने सापकोटा, सुजन ढुंगाना र कमला अर्यालबीच प्रतिस्पर्धा भएको थियो ।

कार्यसमिति सदस्यमा शोभित थपलिया, अच्यूत पुरी, इशारा कोइराला, अमर बडुवाल र चेतबहादुर (सिबी) अधिकारी चुनिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय