काठमाडौं– नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपालीले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सोमबार हस्ताक्षर गरेका छन् ।
वैदेशिक रोजारीमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सहयोगमा कोष र रेमिटेन्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्ध गर्ने सफ्टवेयर निर्माण गरेको थियो ।
उक्त सफ्टवेयर निर्माणसँगै आइएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहज रुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको नागरिक लगानी कोषले जनाएको छ ।









