काठमाडौं– राउन्ड टेबल इन्टरनेसनलको उपाध्यक्षमा राउन्ड टेबल नेपालका जयन्त अग्रवाल निर्वाचित भएका छन् । अग्रवाल राउन्ड टेबल इन्टरनेसनलको उपाध्यक्षको कार्यकाल पूरा गरेपछि सो संस्थाको अध्यक्ष बन्नेछन् ।
अग्रवाल अध्यक्ष बनेपछि राउन्ड टेबल इन्टरनेसनलको नेतृत्व पहिलोपटक राउन्ड टेबल नेपालले गर्नेछ ।
राउन्ड टेबल नेपालले देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउन्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।
राउन्ड टेबल संसारका ६८ देशमा क्रियाशील संस्था हो । यो १८ देखि ४० वर्ष उमेर समूहका पुरुष युवा, सामुदायिक नेता र पेसाकर्मीको गैरराजनीतिक तथा गैरधार्मिक संस्था हो ।









