काठमाडौं– कोरोनाका कारण बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन मंगलबारबाट खुलेको छ । यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन लिन सुरु गरेको हो ।

विभागले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको जनाएको छ । सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइटमा गई नयाँ लाइसेन्सको प्रक्रियाका लागि अनलाइन आवेदन दिन सक्छन् ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार सोमबारदेखि आंशिक खुला गरिएको अनलाइन आवेदन मंगलबारदेखि पूर्ण रुपमा खोलिएको छ ।

विभागले अघिल्लो साता नै अनलाइन आवेदन खोल्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा ढिला भएको उनले बताए । विभागले अनलाइन आवेदन र लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा रोक्दा सवारी चालक अनुमतिपत्र लिन इच्छुक लाखौं सर्वसाधारण उक्त सेवाबाट वञ्चित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय