तुलसीपुर– सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक बस कपुरकोटमा दुर्घटना हुँदा आठ जनाएको ज्यान गएको छ । आइतबार ११ बजेको उक्त घटनामा दुई दर्जन हाराहारी घाइते भएको प्रहरीले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहानको उक्त दुर्घटनामा आठजनाको मृत्यु भएको र २५ भन्दा बढी यात्रु घाइते भएको जानकारी दिएका छन् ।

रा१ख २५५२ नम्बरको उक्त बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलमा २ जनाको र बाँकीको उपचारका क्रममा निधन भएको हो । बसमा तीन दर्जना हाराहारी यात्रु रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय