काठमाडौं– नेपाल एयरलाइन्सको रुकुम उडेको जहाज पाइलटले ड्युटी समय सकिएको भन्दै नेपालगन्जका अवतरण गराएका छन् ।
पाइलट पेम्बा शेर्पाले उडाएको ट्विनअटर जहाज सोमबार नेपालगन्ज विमानस्थलमै जहाज अवतरण गराइदिएका हुन् ।
उक्त जहाज तथा चौरजहारी विमानस्थलमा कुनै समस्या नभए पनि उनले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगन्ज विमानस्थलमा अवतरण गराएको खुलेको छ ।
जहाज गन्तव्यमा नपुगे पनि पाइलटले ड्यूटी समय वा निर्धारित अवतरण कोटा पूरा भएमा उडिरहेको जहाजलाई गन्तव्यमा नपुग्दै बीचमै पनि अवतरण गराउन पाउने व्यवस्था अनुसार सर्वसाधारणलाई गैर जिम्मेवार लाग्ने यो काम गरेका हुन् ।
जानकारहरुका अनुसार पाइलट शेर्पाको ड्युटी आवर सोमबार ४ बजेसम्म मात्रै भएकाले उक्त जहाज नेपालगन्जमै अवतरण गराएका हुन ।
पाइलटको ड्युटी आवर सकिएकाले यो सामान्य घटना भएको र उनलाई सामान्य सोधपुछ हुने नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् ।









