सांघाई– चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण संघाईमा कोरोना भाइरसका तीनवटा केस भेटिएपछि सयौं उडानहरू रद्द गरेको र केही विद्यालय बन्द गरिएको खबर छ । साथै भ्रमणहरु पनि रद्द गरिएको बताइएको छ ।
बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।
साघांईबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको संक्रमण देखापरेको जनाइएको छ । बिहीबार साँझ गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना संक्रमण भएका यी तीनजनाले नै पूर्ण मात्रा खोप लगाएको जानकारी दिइएको छ ।
शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।









