काठमाडौं– एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि घोषणा गरेको लाभांश रद्द भएको छ ।

नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै बैंकको लाभांश घोषणा तथा वितरण सम्बन्धि प्रस्ताव स्वीकृत नगरेपछि बैंकले लाभांश रद्द गरेको हो ।

बैंक सञ्चालक समितिको गत कात्तिक ८ गते सम्पन्न बैठकले गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय