काठमाडौं– नेपाल राष्ट्र बैंकले दर्जनौं वस्तुको आयातमा गरेको कडाइको नकारात्मक असर राजस्वमा देखिएको छ । विदेशी विनिमय सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंकले गत पुसको पहिलो साता केही वस्तुको आयतका लागि खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकले पुसमा दुईपांग्रे र चारपांग्रे सवारी साधन, चुरोट, अत्तर, शृंगार सामाग्री, चकलेट, चुइगम, इनर्जी ड्रिंक, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, ट्वाइलेट, भान्छाकोठाका सामग्री, चाँदी, कृत्रिम फूल, मार्बल, फलामका फर्निचर लगायत वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने नीति व्यवस्था गरेको थियो ।

पछि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने सूचीमा ४७ थरी सामान थपेको थियो । यसले आयातमा कमी आउँदा त्यसको असर राजस्वमा परेको हो ।

भन्सार विभागका अनुसार देशभरका भन्सार कार्यालयले संकलन गर्ने राजस्व घटेको छ । गत पुसको तुलनामा माघमा करिब ४ अर्ब रुपैयाँ कम राजस्व उठेको छ । गत पुसमा ४० अर्ब २७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा माघमा ३६ अर्ब सात करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । मंसिरमा देशभरका भन्सार कार्यालयहरुबाट ४४ अर्ब ७० करोड ७९ लाख रुपैयाँ राजस्व उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय