काठमाडौं– चालु आर्थिक वर्षको माघसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको अभिलेख अनुसार गत साउनदेखि माघ मसान्तसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको पोहोर सो अवधिमा अन्तर्राष्ट्रिय व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा आयात करिब ४३ प्रतिशतले बढ्दा व्यापार घाटा सुन्निएको हो ।

पोहोर साउनदेखि माघसम्ममा ८ खर्बको वस्तु आयात भएकोमा यसपालि आयात बढेर ११ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । पोहोरको तुलनामा यसपालि निर्यात ८८ प्रतिशतले बढे पनि यसको आकार सानो रहेकाले त्यसले व्यापार घाटा न्यूनीकरणमा खासै योगदान गर्न सकेको छैन । चालु आर्थिक वर्षको ७ महिनामा १ खर्बभन्दा बढीको वस्तु निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय