काठमाडौं– रसियाले सानो छिमेकी मुलुक युक्रेनमाथि बिहीबार रातिबाट सैन्य आक्रमण सुरु गरेको छ । रुसको उक्त कदमको महाशक्ति अमेरिका, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लगायत अमेरिकाका सहयोगी मुलुकहरुले निन्दा गरेका छन् । संसारभरका मानिस अमेरिकाले रुसविरुद्ध आफ्ना सेना युक्रेन पठाउने, अस्ट्रेलिया, जापान, बेलायत, फ्रान्स लगायत उसका सहयोगीले साथ दिने, अर्कातिर चीन, इरान लगायत अरु आणविक शस्त्र सम्पन्न मुलुकहरुले रसियाको पक्ष लिने र त्यसले तेस्रो विश्वयुद्ध सुरु हुने हो कि भन्ने डरमा छन् ।

यसैबीच, रुस–युक्रेन द्वन्द्वमा अमेरिकी संलग्नता र तेस्रो विश्वयुद्धको सम्भावनाबारे बिबिसीका विदेश मन्त्रालय संवाददाता बारबरा प्लेट उशेरले लेखेकी छिन् । बिबिसीको अनलाइनमा प्रकाशित उक्त सामग्रीको अनौपचारिक अनुवादः

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथिको आक्रमणको प्रत्युत्तर दिन थुप्रै कूटनीतिक पुँजी खर्च गरे । उनको प्रशासनले आसन्न आक्रमणबारे लगातार प्रलयको दिनको चेतावनी दिइरह्यो–– जुन सही पनि साबित भयो–– र अन्तर्राष्ट्रिय व्यवस्था कम जमेखिममा नरहेको घोषणा गर्यो ।

बाइडेनका शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केनले राष्ट्रिय सुरक्षालाई सैन्य हस्तक्षेपवादभन्दा बढी मौसम परिवर्तनसँगको युद्ध, विश्वव्यापी रोगहरुसँगको लडाइँ र चीनसँगको प्रतिस्पर्धाको रुपमा परिभाषित गरेका छन् ।

तर बाइडेनले अमेरिकीहरु लड्न इच्छुक नरहेको पनि प्रस्ट पारे, यद्यपि रसिया प्रस्ट रुपमा लड्नका लागि तयार थियो । त्यसबाहेक उनले अमेरिकी नागरिकको उद्धार गर्न युक्रेनमा सैनिक पठाउन पनि चाहेनन् । उनले सैन्य सल्लाहकार अनुगमनकर्ताको रुपमा काम गरिरहेका सैनिकलाई पनि फिर्ता बोलाए । बाइडेनले आफ्नो राष्ट्रपतिकालको सबैभन्दा महत्त्वपूर्ण विदेश नीतिक संकटमा पनि यो रातो रेखा कोरे त ?

राष्ट्रिय सुरक्षा स्वार्थ

सबैभन्दा पहिले युक्रेन अमेरिकाको छिमेकी होइन । यो अमेरिकी सीमाक्षेत्रमा अवस्थित छैन । न त युक्रेनमा कुनै अमेरिकी सैन्य अखडा नै छ । युक्रेनमा रणनीतिक तेल भण्डार पनि छैन र ऊ अमेरिकाको प्रमुख व्यापारिक साझेदार पनि होइन ।

तर राष्ट्रिय स्वार्थको यस्तो अभावले पूर्वअमेरिकी राष्ट्रपतिहरुलाई अन्य मुलुकका खातिर रगत र ढुकुटी खर्च गर्नबाट रोकेको थिएन । सन् १९९५ मा बिल क्लिन्टनले युगोस्लाभियाको पतनपछिको युद्धमा सैन्य हस्तक्षेप गरे । सन् २०११ मा बाराक ओमाबाले लिबियाको गृहयुद्धमा त्यसै गरे । यी दुवै हस्तक्षेप मानवतावादी र मानव अधिकार रक्षाका नाममा गरिएका थिए ।

सन् १९९० मा जर्ज एचडब्लू बुसले इराकलाई कुवेतबाट धपाउने आफ्नो अन्तर्राष्ट्रिग गठबन्धनलाई जंगली राजविरुद्ध कानुनी राजको रक्षाका नाममा जायज भने । बाइडेनका उच्च सुरक्षा अधिकारीहरुले शान्ति र सुरक्षाको अन्तर्राष्ट्रिय सिद्धान्तमाथिको रसियाली धम्कीको व्याख्या गर्ने क्रममा उस्तै भाषा प्रयोग गरे । तर उनीहरुले मस्कोविरुद्ध सैन्य कारवाही नभई रसियालाई अपांग बनाइदिने प्रतिबन्धहरुमार्फत आर्थिक युद्धको उपदेश दिइरहेका छन् ।

बाइडेनको गैरहस्तक्षेपवादी प्रवृत्ति

यससँग बाइडेनको गैरहस्तक्षेपवादी प्रवृत्तिको सम्बन्ध छ । हो, तिनीहरु समयसँग विकास भएका थिए । उनले सन् १९९० को दशकमा बाल्कनका जातीय द्वन्द्वमा अमेरिकी सैन्य हस्तक्षेपको समर्थन गरे । उनले सन् २००३ मा अमेरिकाले इराकमा गरेको अभागी आक्रमणको पक्षमा मतदान गरेका थिए । तर त्यसपछि उनले अमेरिकी सैन्य शक्ति प्रयोगका विषयमा बढी सावधान हुन थाले ।

बाइडेनले भनिसकेका छन्,‘यो हामीले आतंकवादी संगठनसँग गरेको व्यवहार जस्तो होइन, हामीले विश्वकै सबैभन्दा ठूलामध्येको एउटा सैनिकसँग व्यवहार गरिरहेका छौं । यो ज्यादै कठिन समय हो, र परिस्थिति निकै छिटो पागल बन्न सक्छ ।’

बाइडेनले ओबामाले लिबियामा गरेको सैन्य हस्तक्षेप र अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या बढाउने कदमको विरोध गरे । त्यसैगरी, बाइडेनले गत वर्षको तनाव र गम्भीर मानवीय बर्बादीको सम्भावनाबीच अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णयको पनि उत्तिकै बचाउ गरिरहेका छन् ।

२० वर्षदेखि राष्ट्रपतिको विदेश नीतिमा काम गर्दै आएका बाइडेनका शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केनले राष्ट्रिय सुरक्षालाई सैन्य हस्तक्षेपवादभन्दा बढी मौसम परिवर्तनसँगको युद्ध, विश्वव्यापी रोगहरुसँगको लडाइँ र चीनसँगको प्रतिस्पर्धाको रुपमा परिभाषित गरेका छन् ।

अमेरिकी नागरिक पनि युद्ध चाहँदैनन् । हालसालै एपी–एओआरसीले गरेको एउटा सर्वेक्षणले ७२ प्रतिशत अमेरिकीले रुस–युक्रेन द्वन्द्वमा अमेरिकाले सामान्य भूमिका मात्र खेल्नुपर्ने राय दिएका थिए । उनीहरु आफ्नै खल्तीका मुद्दाहरु खासगरी महँगी र मध्यावधि चुनावको विषयमा बाइडेनले ध्यान दिनुपर्ने बताउँछन् ।

वासिंगटनमा उक्त संकटले गल्लीका दुवै छेउका विधायकहरुको ठाउको खाइरहेको छ, जसले कडाभन्दा कडा प्रतिबन्धको माग गरिरहेका छन् । तर रिपब्लिकन सिनेटर टेड क्रुज जस्ता भरपर्दा खरो आवाजहरु पनि बाइडेनले युक्रेनमा सेना पठाऊन् र पुटिनसँग गोली हानाहान गरुन् भन्ने चाहँदैनन् । अर्का विदेशी नीतिका खरा व्यक्ति रिपब्लिकन सिनेटर मार्को रुबिओले विश्वका सबैभन्दा ठूला आणविक शक्तिबीचको युद्ध कसैका लागि पनि राम्रो नहुने बताएका छन् ।

महाशक्तिबीच भिडन्तको खतरा

बटमलाइन त्यही हो– पुटिनको भण्डारमा रहेको आणविक हतियार । बाइडेन अमेरिकी र रसियाली सैनिकलाई युक्रेनमा आमनेसामने भिडाएर विश्वयुद्धको झिल्को सल्काउन चाहँदैनन् । यसमा उनी खुला छन् । ‘यो हामीले आतंकवादी संगठनसँग गरेको व्यवहार जस्तो होइन,’ बाइडेनले यसै महिनाको सुरुतिर एनबिसीलाई भनेका थिए, ‘हामीले विश्वकै सबैभन्दा ठूलामध्येको एउटा सैनिकसँग व्यवहार गरिरहेका छौं । यो ज्यादै कठिन परिस्थिति हो, र समय निकै छिटो पागल बन्न सक्छ ।’

कुनै सन्धिका जिम्मेवारीहरु छैनन्

अमेरिकालाई त्यो जोखिम मोल्न बाध्य पार्ने सन्धिका जिम्मेवारीहरु पनि छैनन् । कुनै नाटो मुलुकमाथिको हमला सबैमाथिको आक्रमण हो –– आधारभूत धारा ५ को प्रतिबद्धताले सबै सदस्य मुलुकलार्य एकअर्काको प्रतिरक्षा गर्न बाध्य पार्छ । तर युक्रेन नाटोको सदस्य छैन, ब्लिङकेनले अमेरिकाले उसैले कडा रुपमा प्रशंसा गर्ने गरेको मूल्यका लागि किन लड्दैन भनेर व्याख्या गर्न प्रयोग गर्ने एउटा कारक यही हो । युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन नदिने ग्यारेन्टीका लागि पुटिनले गरेको माग र नेटोले तिनीहरुलाई दिन अस्वीकार गरेको कारणले गर्दा यहाँ एउटा निश्चित बिडम्बना छ ।

हार्वर्डका प्राध्यापक तथा विदेश नीतिलाई यथार्थ रुपमा बुझेका स्टिफन वाल्ट अमेरिका र अन्य नेटो देशहरुले सम्झौता अस्वीकार गर्नुले यसका पछाडि सैन्य शक्ति राख्न उनीहरु अनिच्छुक रहेके सन्दर्भमा व्यवहारिक अर्थ नराख्ने तर्क गर्छन् ।

गोलपोस्ट सर्ला त ?

राष्ट्रपति बाइडेन वास्तवमा युक्रेन र रुससँग सीमा जोडिएका नेटो सहयोगीलाई बलियो बनाउन युरोपमा सेना पठाउँदैछन् र त्यहाँ पहिले नै रहेका सैनिकलाई पुनः परिचालन गरिरहेका छन् ।

यो पूर्व सोभियत गणतन्त्रहरुलाई नेटोलाई यसको पूर्वी भेगबाट सैन्य बल फिर्ता गर्न दबाब दिने पुटिनको विस्तृत लक्ष्यबाट अत्तालिएका पूर्व सोभियत गणतन्त्रलाई आश्वासन दिने प्रयासको रुपमा बाइडेन प्रशासनले बिल गरिएको छ ।

तर युक्रेनमाथिको आक्रमणले व्यापक द्वन्द्वको सम्भावनाबारे चासो बढाएको छ– आकस्मिक रुपमा पोखिएर होस् वा रुसले जानाजान गरेको आक्रमण । रुसले जानाजान गरेको आक्रमण भने प्रमुख भड्काउ हुनेछ, जसले नेटो प्रतिरक्षा प्रतिबद्धताको धारा ५ आह्वान गर्छ । यसले अमेरिकी सेनालाई युद्धमा तान्न सक्छ । ‘यदि उनी नेटो मुलुकहरुतर्फ अघि बढे भने,’ बाइडेनले भनेका छन्, ‘हामी संलग्न हुनेछौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय