काठमाडौं– गएको असार मसान्तको तुलनामा भदौ मसान्तमा विदेशी विनिमय सञ्चिति घटे पनि यसको आयात धान्ने क्षमता भने बढेको छ । पछिल्लो समय आयात परिमाणमा कमी आउँदा सञ्चित मुद्राको आयात धान्ने क्षमता बढेको हो ।

गत भदौ मसान्तसम्ममा नेपालको बैंकिङ क्षेत्रसँग ११८९ रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
यो परिमाणको सञ्चितिले चालू आर्थिक वर्षको साउन र भदौको आयातलाई आधार मान्दा ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

गत असार मसान्तको तुलनामा भने विदेशी विनिमय सञ्चितिमा २.२ प्रतिशतले कमी आएको छ । असारमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा भदौ मसान्तमा २ प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यस वर्षको पहिलो दुई महिनामा वस्तु आयात १३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय