काठमाडौं– भारतीय चलचित्र अभिनेता विवेक ओबराय बुधबार नेपाल आएका छन् । उनी परिवारसहित घुमघामका लागि नेपाल आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ,’ त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओबरायले भने ।

नेपाल बसाइका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जी जम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय