काठमाडौं– विकास निर्माणको ठेक्का लिएका विभिन्न ठेकेदारले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसामु आफूले ठेक्का लिएका आयोजना तोकिएको समयसीमाभित्रै सम्पन्न गराउने लिखित वाचा गरेका छन् । मन्त्री श्रेष्ठको उपस्थिति र निर्देशनमा मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा एक संयुक्त अन्तरक्रिया कार्यक्रममा त्यस्तो वाचा गरेका हुन् ।

अन्तरक्रियामा विभिन्न सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भए, गरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन पनि पेस गरे ।

उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु तोकिएको समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिबद्धता व्यक्त गरे । अन्तत्र्रिmयामा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा उपप्रधान मन्त्री श्रेष्ठले जोड दिँदै भने, ‘विकास निर्माणलाई अनिवार्य महत्त्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी छ । साथै अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी छ । त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नु पर्छ ।’

काठमाडौं जिल्लाअन्तर्गतका आयोजना
१. महाँकाल–भृकुटीचोक–तेन्जिङचोक फैका–आनीगुम्बा–चपली –बूढानीलकण्ठ सडकः
२. साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडकः
३. आकाशेधारा–राममन्दिर–कृष्णमन्दिर सडकः
४. सीतापाइला रामकोट भिमढुंगा सडक
५. पेप्सिकोला ब्राहखेल सडक
६. मित्रपार्क–गौरीघाट–गुहेश्वरी नयाँबस्ती जोरपाटी सडकः

भक्तपुर जिल्लाअन्तर्गतका आयोजना
१. कमलविनायक बसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
२. मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक निर्माण कार्य
३. हनुमन्ते खोला–अरनिको राजमार्ग–बप्फा पाटी बिहार–बहाखा बजार सडक विस्तार
४. लोकन्थली हेल्थपोस्ट–रमाइलो चोक–चाइल्ड नेचर स्कुल सडक विस्तार
उल्लेखित आयोजनाहरुको सन्दर्भमा दुबै पक्ष फरफारक गर्न सहमत भएका छन् ।

ललितपुर जिल्लाअन्तर्गतका आयोजना
१. पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एन्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
२. अपग्रेडिङ वक्र्स एलङ टौखेल–चापागाउँ–छम्पी–डुकुछाप–दक्षिणकाली रोड
३. अपग्रेडिङ एन्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड
४. स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर मनपा–१५, खुमलटार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर
५. कन्स्ट्रक्सन अफ आरसीसी ब्रिज ओभर नख्खु खोला

उक्त अन्तरक्रिया कार्यक्रममा निर्माण व्यवसायीहरुले सम्पन्न गरिसकेका र नसकेका आयोजनाबारे छलफल हुँदा पछिल्लो प्रकृतिका आयोजनाको सन्दर्भमा समय सीमाभित्र सम्पन्न नभएका तर त्यसलाई स्थानीय तहले सम्पन्न गरिसकेको अवस्थाका आयोजनालाई लिएर निर्माण व्यवसायी र डिभिजन सडकबीच फरफारक गर्न दुवै पक्ष सहमत भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय