काठमाडौं– बिवाइडी ब्याट्रीको भगिनी संस्था फिनड्रिम्सले आफ्नो ब्लेड ब्याट्रीको दोस्रो पुस्ता यसै वर्ष सार्वजनिक गर्ने भएको छ । सम्भवतः आगामी अगस्टमा उक्त ब्याट्री सार्वजनिक हुनेछ ।

ऊर्जा घनत्व (इनर्जी डेन्सिटी)लाई नयाँ ब्याट्रीमा थपिएको प्रमुख विशेषता भनिएको छ । यो १९० वाट घन्टा प्रतिकेजी हुने अपेक्षा गरिएको छ ।

सबैभन्दा पहिले सन् २०२० मा सार्वजनिक गरिएको ब्लेड ब्याट्रीले सस्तो लिथियम आइरन फोस्फेट (एलएफपी) ब्याट्रीलाई ऊर्जा घनत्वयुक्त बनाउँदै विद्युतीय सवारी उद्योगमा क्रान्ति नै ल्याइदिएको थियो । फलस्वरुप एलएफपी ब्याट्रीहरु एनसीएम (निकेल कोबाल्ट मान्गानिज) ब्याट्रीसँग प्रतिस्पर्धी बनेका थिए ।

छुट्टाछुट्टै सेलहरुलाई ब्याट्री प्याकमा झैं ब्लेडमा मिलाइएकोले यसलाई ब्लेड ब्याट्री भनिएको हो । त्यसरी मिलाउँदा त्यो बेला उपलब्ध स्थानको उपयोग एलएफपी ब्याट्रीको तुलनामा ५० प्रतिशतले बढेको थियो ।

पहिलोपटक सार्वजनिक गर्दा पहिलो पुस्ताको ब्लेड ब्याट्रीमा ऊर्जा घनत्व १४० वाट घन्टा प्रतिकेजी थियो । पछि त्यसलाई बढाएर १५० वाट घन्टा प्रतिकेजी बनाइएको थियो ।

दोस्रो पुस्ताको ब्याट्रीले सबै विद्युतीय मोडलको रेन्ज १००० किलोमिटरभन्दा माथि पुर्याउने अपेक्षा छ । यसले कारहरुलाई प्रतिस्पर्धी पनि बनाउनेछ ।

बिवाईडीका चेयरम्यान वाङ चौङ्फुका अनुसार दोस्रो पुस्ताको ब्लेड ब्याट्री आकारमा सानो र तौलमा हलुका हुनेछ, यसको मजबुती भने उही नै कायम रहनेछ । यसबाट प्रति १०० किलोमिटरमा विद्युत् खपत घट्ने बताइएको छ ।

दोस्रो पुस्ताको ब्याट्रीले सबै विद्युतीय मोडलको रेन्ज १००० किलोमिटरभन्दा माथि पुर्याउने अपेक्षा छ । यसले कारहरुलाई प्रतिस्पर्धी पनि बनाउनेछ ।

आवश्यक परेको खण्डमा दोस्रो पुस्ताको ब्लेड ब्याट्रीको ऊर्जा घनत्व १९० वाट घन्टा प्रतिकेजीसम्म हुनेछ । यसले एलएफपीलाई हालसम्मकै सबैभन्दा उच्च कार्यसम्पादन गर्ने बनाउनेछ ।

बिवाइडीको दाबीअनुसार ब्लेड ब्याट्रीका प्रमुख लाभमध्येको एक– यिनीहरु धेरै सुरक्षित हुनेछन् ।

कम्पनीले ब्लेड ब्याट्रीमा नेल पेनिट्रेसन टेस्ट (किला घुसाएर गरिने परीक्षण) गर्न खोजेको छ । एनसीएम ब्याट्रीमा किला घुस्दा आगो लाग्छ । ब्लेडमा नलाग्ने बताइएको छ ।

दोस्रो पुस्ताको ब्लेड ब्याट्रीले ऊर्जा घनत्व मात्र सुधार नगरेर आकार, वजन र ब्याट्री प्याकले गर्ने ऊर्जा खपतमा पनि सुधार ल्याउनेछ । फलस्वरुप विद्युतीय गाडीको कार्यसम्पादन र माइलेज बढ्नेछ ।

अन्ततोगत्वा यसले विद्युतीय सवारीसाधनलाई सस्तो बनाउनेछ र बिवाइडीलाई उसका विद्युतीय गाडीहरु परम्परागत इन्धनबाट चल्ने गाडीभन्दा सस्तो बनाउन मदत गर्नेछ । अनि मूल्य प्रतिस्पर्धामा बिवाइडी अझ बलियो बन्नेछ ।

यो ब्याट्री प्याक सानो र हलुका हुनेछ, जुन ऊर्जाको कम खपतमा परिणत हुनेछ । ब्याट्रीले ठाउँ पनि कम लिने हुँदा कारमा अन्य प्रयोजनका लागि बढी स्पेस उपलब्ध हुनेछ ।

बिवाइडीबाट प्राप्त जानकारी अनुसार उसको पाँचौं पुस्ताको डीएम–आई प्लगइन हाइब्रिड सिस्टमले कारहरुलाई झन्डै दुई हजार किलोमिटरको रेन्ज दिने बनाउने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय