काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई नगद लामांश र बोनस सेयर दिने भएको छ ।
सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको चुक्ता पुँजी प्रस्तावित बोनस सेयर वितरणपछि ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा कायम हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएममार्फत सेवा दिइरहेको छ ।









