काठमाडौं– भदौ २३ गते मंगलबारलाई सरकारले जेनजी सहिद दिवस भन्दै सार्वजनिक बिदा दिए पनि बैंक, वित्तीय संस्थाहरु खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैंक, वित्तीय संस्थालाई भदौ २३ गते मंगलवार पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरु खुल्नुपर्छ ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि राष्ट्र बैंकले ‘काउन्टर, बैंकिङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैंकिङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन अत्यावश्यक बैंकिङ सेवा बन्द नगरी नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।









