सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मंगलबार राजीनामा बुझाएका छन् ।

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । एमालेले चैत ४ गते नै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ सांसद छन् । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई पार्टीले कारवाही गरेकाले कर्णाली प्रदेशसभामा ३९ सांसदमात्र छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय