काठमाडौं– मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका नाममा सरकारले कुनै पनि क्षेत्रमा लकडाउन नगर्ने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको दोस्रो लहरले जोखिम निम्त्याएको ठहर गर्दै जनस्वास्थ्यका नयाँ मापदण्ड लागू गर्ने तर बन्द नगर्ने निर्णय गरेको हो । जनसाधारण लगायत विभिन्न निकायले पालना गर्नुपर्ने नियम समेटेर मंगलबार स्वास्थ्य मापदण्ड जारी गर्ने सरकारको तयारी छ ।

सोमबारको मन्त्रिपरिषद्मा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का प्रस्तावमाथि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था बन्द गर्न सिफारिस गरे पनि सरकारले उक्त कदम नचाल्ने बरु परिस्थितिको आंकलन गरेर निर्णय लिने तयारी गरेको छ । शैक्षिक संस्थाको हकमा सरोकारवालासँग छलफल गरेर मात्र निर्णय लिने सरकारको तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय