काठमाडौं– सरकारले विद्युतीय सवारी साधनमा लाग्ने अन्तःशुल्क र भन्सार घटाएको छ । आगामी आर्थिक वर्ष २०७८–०८९ को बजेटमार्फत सरकारले यो कदम चालेको हो ।

गत वर्ष बजेटमार्फत विद्युतीय गाडीमा लाग्ने भन्सार महसुल बढाउने र अन्तःशुल्क ८० प्रतिशत लगाउने निर्णय गर्दा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा निकै आलोचित बनेका थिए । पछि हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि उक्त अन्तःशुल्क घटाएका थिए ।

अहिले उनै पौडेलले पुनः भन्सार महसुल र अन्तःशुल्क घटाउने कदम चालेका छन् । सरकारले २०८८ पछि पेट्रोल र डिजेलले चल्ने साना सवारी साधन विस्थापन गर्ने नीति अनुरुप त्यस्ता सवारी साधनमा लाग्ने अन्तःशुल्क र भन्सार घटाएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय