काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८२४३ जना संक्रमणमुक्त भएकाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६ हजार ८१४ नमूना परीक्षण गर्दा ५०४२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घन्टामा पिसिआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५३४३ नमूना परीक्षण गरिएको थियो । जसमा पिसिआरबाट ३५४० जनामा र एन्टिजेन परीक्षणबाट १५०२ नमुनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

गत २४ घन्टामा ६८ संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मृत्यु संख्या अघिल्ला दिनहरुको तुलनामा कम हो । अघिल्लो दिनमात्रै कोरोनाबाट १०१ जनाले ज्यान गुमाएका थिए । अब नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । यो अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पिसिआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) गरी ७ लाख १५ हनार १०४ पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय