बिदुर– नुवाकोट, तुप्चेका समाजसेवी तथा व्यवसायी सोमप्रसाद भण्डारीले बिदुर नगरपालिका वडा नं. ७, एक सय ५० विपन्न तथा असहाय परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

कोभिड–१९ को दोस्रो लहर रोकथामको उद्देश्यले जारी निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका र समस्यामा परेका, दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने सो वडाका करिब १५० विपन्न, असहाय परिवारलाई राहत होस् भनेर उनले व्यक्तिगत खर्चमा करिब ४ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।

भण्डारीबाट असहाय परिवारले जनही २५ किलो चामल, १ लिटर तेल, २ केजी दाल र १ पाकेट नुन पाएका छन् ।

उक्त सहयोगले अप्ठेरो परेको नागरिकलाई थोरै भए पनि राहतको काम गर्ने तुप्चे–काठमाडौं एकता समाजका अध्यक्ष समेत रहेका भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय