इलाम– कोरोना भाइरस संक्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र बिहीबार दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । बिहीबार बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो ।
केही दिनअघि कोरोना भाइरस संक्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा बिहीबार मृत्यु भएको हो । यस्तै गत जेठ १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत बिहीबार बिहान मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या रहेका उनको भेन्टिलेटरमा राखी उपचार भइरहेकामा उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् ।









