काठमाडौं– दलितलाई कोठा भाडामा नदिएको आरोप खेपिरहेकी बबरमहलकी सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छिन् ।

प्रधानमाथि सञ्चारकर्मी सुनारलाई दलित भएकै कारण घरमा कोठा नदिएको र कानुनविपरीत दलितप्रति विभेद गरेको आरोप लागेको छ । दलित भएकै कारण आफूलाई कोठा भाडामा नदिएको र अपमानित गरेको भन्दे सुनारले उजुरी दिएपछि प्रधानलाई प्रहरीले केही दिन हिरासतमा लिएर छाडेको थियो ।

प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई आयोगमा उजुरी दिएकी छिन् । उजुरीमा कोभिड १९ को महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञा उल्लघंन गरी पिसिआर रिपोर्टबिना महामारी फैलाउने गरी मानवताविरोधी अपराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आपराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीबिना फोन रेकर्ड गरेको उजुरीमा उल्लेख छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारे अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय