काठमाडौं– कोभिड–१९ महामारीको सबभन्दा नराम्रो असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक संख्या निराशाजनक देखिन्छ । महामारीकै बीच पनि झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२१ को ६ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा सन् २०१९ मा ४४ हजार ३६९ पर्यटक नेपाल आएका थिए । सन् २०२० को सोही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए ।

बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन् । जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय