काठमाडौं– आगामी मंगलबारदेखि २५ जनासम्मको भौतिक उपस्थितिमा गोष्ठी, तालिम, सेमिनार लगायत कार्यक्रम गर्न पाइने भएको छ । त्यस्ता कार्यक्रम गर्दा जनस्वास्थ्यको मापदण्ड भने अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा समेत सञ्चालन गर्न सकिने प्रशासनको सूचनामा उल्लेख छ । कोरोना संक्रमण चर्किएपछि उपत्यकाका प्रशासनले वैशाख १६ गतेदेखि मानिसहरुको जमघट हुने सभा, सम्मेलन, गोष्ठी, वैवाहिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको थियो ।

रेस्टुरेन्ट, बार, सिनेमा हल, सैलुन, सभा सम्मेलन, डान्स बार, पार्टी प्यालेसमाथिको प्रतिबन्ध भने कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय