झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७–७८ मा चार अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत प्रगति गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ ४४ करोड र स्वास्थ्य सेवा करबापत ९२ लाख संकलन भएको जानकारी दिए ।

अघिल्लो आवको तुलनामा गत आवमा ३६.५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले तीन अर्ब एक करोडमात्र राजस्व संकलन गरेको थियो । उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय