काठमाडौं– सरकारले लामो समयदेखि रोकिएको इजरायल रोजगारी चाँडै सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागले साउन दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले उक्त पत्रिकालाई साउन दोस्रो साताबाट अनलाइन आवेदन खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । यसअघि विभागले साउन सुरुदेखि नै आवेदन खोल्ने तयारी गरेको थियो । कामदार पठाउने प्रक्रियाबारे केही मिलाउनुपर्ने भएकाले ढिलाइ भएको विभागले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल पठाउने कामदार छनोट कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको लामो समयसम्म स्वीकृत नभएपछि ढिलो भएको हो ।

पहिलो चरणमा पाँच सयजनालाई इजरायल पठाउने सरकारी तयारी छ । तीमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनेछन् । इजरायल बसोबास र पारिश्रमिकको दृष्टिले आकर्षक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय