काठमाडौं– कोरोना महामारीको दोस्रो लहरका कारण रोकिएको कक्षा १२ को अन्तिम परीक्षा साउन ३१ बाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कक्षा १२ को अन्तिम वार्षिक परीक्षाको समयतालिका प्रकाशित गरेको छ । बोर्डका अनुसार साउन ३१ गते बिहीबारदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त परीक्षामा विद्यार्थीले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।भौतिक दुरी र स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

बोर्डका अनुसार परीक्षा बिहान ११ बजेबाट २ बजेसम्म हुनेछ । उक्त परीक्षामा देशभरका ३ लाख ७७ हजार विद्यार्थी सहभागी बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय