काठमाडौं– पछिल्लो २४ घन्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यस अवधिमा पुष्टि भएको नयाँ संक्रमितसँगै देशभर कुल कोरोना संक्रमितको संख्या सात लाख २४ हजार ४५५ पुगेको छ । ६ लाख ३६ हजार ४०२ जनाले कोरोना जितेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी जानकारी दिए ।

अहिले सक्रिय संक्रमितको २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा संक्रमणदर १९.२ प्रतिशत छ । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट २१ प्रतिशतमा संक्रमण देखिने गरेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ४७५ जनाले कोरोना जितेका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ । यो २४ घन्टामा ३० जना संक्रमितको निधन भएको छ । योसँगै मर्नेको संख्या नौ हजार ६३७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय