काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेटर साहीद अफ्रिदीले खेल्ने भएका छन् ।

उनले काठमाडौं किंग्स–११ का तर्फबाट खेल्ने भएका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा किंग्स–११ टिमले अफ्रिदीलाई अनुबन्ध गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अफ्रिदी भिडियो कन्फ्रेन्स माध्यमबाट जोडिएका थिए । उनले किंग्स–११ मा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया दिए ।

काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।

इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने खेल तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय