काठमाडौं– गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौं महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् ।

जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति ०२१/२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आइतबार मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । यसपटक कुल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय