काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाको नतिजा बार्डको वेबसाइटका साथै एसएमएस र आइभिआरबाट पनि हेर्न सकिने बोर्डले जनाएको छ ।

आफूले अध्ययन गरेको स्कुलले पठाएको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने छ ।

इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालिमार्फत ३५००१ मा एसएमएस गरेर पनि नजिताबारे जानकारी दिन सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय