काठमाडौं–  पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनबार सुन तोलामा एक हजारले र चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।

आइतबारका लागि छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार ७०० र तेजाबी सुन प्रतितोला ८९ हजार २५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २०५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय