काठमाडौं– अर्थ मन्त्रालयले मातहतका निकायहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले सहसचिव शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ ।
ठूला करदाता कार्यालयको प्रमुख रहिसकेका पौडेले अर्थमन्त्री जनार्दन शर्माको इच्छाअनुसार विभागका महानिर्देशक बनेका हुन् । लगत्तै अघि भने उनी सूचना तथा प्रविधि मन्त्रालयमा थिए । विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ । भन्सार विभागको महानिर्देशक पनि फेरिएका छन् ।
अर्थमन्त्री शर्माले सहसचिव नारायणप्रसाद सापकोटालाई भन्सार विभाग पठाइएको छ । हालका महानिर्देशक यमलाल भुसाललाई मन्त्रालय तानिएको छ । मन्त्रालय भित्रैको बजेट महाशाखामा भूपाल बराललाई लगिएको छ । बराल यसअघि लगानी बोर्डमा थिए ।
बजेट महाशाखामा रहेका सुमन दहाललाई आर्थिक नीति महाशाखामा पठाइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थ प्रशासन प्रमुखको जिम्मेवारी केदारनाथ शर्मालाई दिइएको छ ।









