काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको संख्या आठ लाख २५ हजार ७२२ पुगेको छ ।

थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ९५ हजार ९२५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा देशभर दुई हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९३.३ प्रतिशत छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ ।

बितेका २४ घन्टामा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१८ संक्रमितको सघन उपचार कक्षमा तथा १६६ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपत्यकामा ६६७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो समय ६६७ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ ।

कोरोनाबाट थप ३० संक्रमितको मृत्यु
पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० को मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय