वीरगन्ज– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टिल इन्डस्ट्रिजको फलाम पगाल्ने भट्टी बिस्फोट हुँदा उछिट्टिएको तरल फलामले पोलेर १२ जना श्रमिक घाइते भएका छन् ।

वीरगन्ज–२२, मनियारीस्थित कारखानामा भएको विस्फोटका घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको पर्सा प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रामपुकार यादव, बारा छातापिपराका २२ वर्षीय टिंकु दास छन् । प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर छ ।

भारतकै ३५ वर्षीय धिरु सहनी, २६ वर्षीय चिंकु दास, १८ वर्षीय अमरनाथ सहनी, २१ वर्षीय दिपक कुमार र १८ वर्षीय रविंकु दासको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेको काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

उद्योगमा बिहीबार दिउँसो पौने एक बजे विस्फोट भएको थियो । बिस्फोटपछि आगो लागेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय