काठमाडौं– सानिमा बैंकले गरिब विद्यार्थीका लागि दिँदै आएको छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकको काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाले कक्षा ११ र १२ का लागि उक्त क्षेत्रमा स्थायी बसोबास भएका २–२ जना गरिब विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्छ ।

बैंकले सन् २०१२ मा सुरु गरेको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको हो । छात्रवृत्तिमा सहभागी हुन भदौ ३१ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक दुई हजार नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।

हाल बैंकले एक सय चार शाखा कार्यालय तथा ९६ एटिएमबाट बंैकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय