काठमाडौं– प्रतिष्ठित उद्योगपति अनिल जटियाको गएराति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मंगलबार साँझ काठमाडौंको होटल याक एन्ड यतिमा एसियन कंकिटोले आयोजना गरेको पत्रकार सम्मलेन सकेर घर फर्किने क्रममा उनको निधन भएको बताइएको हो । ५० वर्षीय जटिया एसियन कंक्रिटो प्रालिका साझेदार हुन् ।
उनको आजै पवशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । जटियाको एक छोरा र श्रीमती छन् ।









