काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्ध एक करोड ९२ लाख मात्रा खोप लगाइएको छ । बुधबारसम्ममा एक करोड ९२ लाख १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा जनसंख्याको १७.९ प्रतिशतले पहिलो मात्रा र १५.४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूरै मात्रा लगाएका छन् । हालसम्म नेपालमा भेरोसेल, ‘जे एन्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्विडिस अस्ट्राजेनेका खोप भित्र्याइएको छ ।

मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाइ दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय