काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा एक हजार २६८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा नौ हजार ८७५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ । शुक्रबार एक हजार ७५६ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । अहिले सक्रिय संक्रमितको ३१ हजार ८२६ छ ।

यो २४ घन्टामा दुई हजार १९५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति संक्रमणमुक्त भएका छन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।

संक्रमणबाट निधन हुनेको संख्या पनि घटको छ । विगत २४ घन्टामा नौजनाको ज्यान गएको छ । उक्त संख्या यो महिनाकै कम हो । शुक्रबार २३ जनाको संक्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १०लाखमा ३६४.६ जनाको संक्रमणको कारणले निधन भएको छ ।

अहिले ५५४ जना सघन उपचारकक्ष (आइसियू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेसन, दुई हजार १६८ संस्थागत आइसोलेसन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले शनिबार कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय