काठमाडौं– नेपालमा थप ११४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८५४९ जनाको पिसिआर र २३६७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । सोमध्ये पिसिआरबाट ९६१ र एन्टिजेन विधिबाट १८५ गरी ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो २४ घन्टामा थप २१ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । यस अवधिमा १६६० जना कोरोनामुक्त भएको मन्त्रालयको भनाइ छ । अहिले नेपालमा २७ हजार ९ सय ८५ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय