काठमाडौं– सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोगी र गम्भीर मेरूदण्ड पक्षघात भएका नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने क्रममा त्यस्ता बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने जानकारी दिए ।

यसअघिको ओली सरकारले खारेज गरेको भत्ता यो सरकारले पुनः सुरु गरेको हो । २०७४ को आम चुनावको मुखमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर बिरामी तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका नागरिकलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । उक्त निर्णय चुनावपछि बनेको ओली नेतृत्वको सरकारले खारेज गरेको थियो ।

त्यही निहुँमा स्पाइनल इन्जुरी पीडित संघर्ष समितिले ओली सरकारविरुद्ध सडक आन्दोलन समेत गरेको थियो । यस्तो भत्ता पाउने नागरिकको संख्या लाख हाराहारी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय