काठमाडौं– पर्साको वीरगन्जस्थित सर्वोत्तम स्टिल्स लिमिटेडले भट्टी विस्फोटमा घाइते मजदुरको मत्यु लुकाउन खोजेको छ । भदौ १० गते उक्त उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक नेपालीसहित १५ मजदुर घाइते भएका थिए ।

घाइते भएकामध्ये पाँच मजदुरको भारतमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । तीमध्ये पाँचजनाको मृत्यु एक साताअघि नै भए पनि उद्योग सञ्चालक राजेश अग्रवालले उनीहरु उपचाररत रहेको दाबी गरेका छन् । स्वदेशमा उपचार गराइरहेका सबैजना निको भई घर फर्केको र पटनामा ६ जनाको उपचार भइरहेको उनले दाबी गरे ।

तर उनले पटनामा उपचाररत रहेको भनी दाबी गरेका मजदुरमध्ये पाँचजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले यसको पुष्टि गरेको छ । गम्भीर घाइते ६ जनालाई भदौ १० गते उद्योगले पटना पठाएको थियो । तीमध्ये पाँच मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले गत बिहीबार प्राप्त गरेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन् ।

पटताको अस्पतालमा उपचाररत तीनजनाको भदौ १६ गते र दुईजनाको भदौ १८ गते मृत्यु भएको जानकारी पाइएको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जनाए । अग्रवाल भने स्थानीयबासी र केही सञ्चारमाध्यमले तथ्य बंग्याएको दाबी गर्छन् ।

उद्योगमा कबाडी फलाम पगाल्ने भट्टी विस्फोट भएको थियो । सोही विस्फोटबाट छरिएको उम्लिँदै गरेको तरल फलामले पोलेर मजदुर घाइते भएका थिए । घाइतेमध्ये ६ जनालाई पटना पठाइएको थियो । बाँकीलार्य काठमाडौंको वयोधा अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय