काठमाडौं– पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पिसिआर विधिबाट ७८७८ र एन्टिजेन विधिबाट ३१४० गरी ११ हजार १८ नमुना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८३८ जना र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ७ लाख ७७ हजार १६३ पुगेको छ ।

यो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मुत्यु भएको छ । १४२७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर २६ हजार ७५७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय