तनहुँ– व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, फोहरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको छ ।

नगरपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः १५ हजार १०० र १४ हजार ५०० श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय