काठमाडौं– सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई पार्सल पठाइदिन्छु भन्दै ठग्ने भारतका एकजना इसाई पादरीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

उनले सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप, आइएमओबाट विभिन्न महिलालाई पार्सल पठाउने र प्रेम गर्ने प्रलोभन देखाएर ठग्ने गरेको प्रहरीले जनाएको छ । नान्सी मिचेलको नामबाट फेसबुक अकाउन्ट खोलेका उनले आफूलाई बेलायती नागरिक बताउने गरेको र महिलाहरुलाई प्रेमको प्रलोभन समेत दिने गरेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।

उक्त कार्यमा संलग्न भारतीय नागरिक सन्दीप क्षेत्री प्रेन्टी क्रोस्टल चर्च पानीट्यांकी, सिलगुडीका पादरी रहेको प्रहरीको भनाइ छ । उनले चर्चका धार्मिक कार्यक्रममा भेट भएका महिलालाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघ–संस्था र व्यक्तिले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भन्दै उनीहरुको नाममा खाता खोल्न लगाई ठगेको रकम सोही खातामा जम्मा गराई भुक्तानी लिने गरेको प्रहरीको भनाइ छ । उनलाई झापा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय