काठमाडौं– कोभिड–१९ निमोनियाले ग्रस्त भई सशस्त्र प्रहरी अस्पताल भर्ना भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता पूर्णबहादुर खड्काको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जनाएको छ । कोरोना संक्रमित खड्का असोज १२ गते उक्त अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका चिकित्सक प्रा. सशस्त्र प्रहरी उपरीक्षक प्रविन नेपालले शुक्रबार दिउँसोको खड्काको भाइटल संकेतहरुको विवरणसहितको विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय