काठमाडौं– दिलकुमार वाराही अमूर्त सांस्कृतिक सम्पदासम्वन्धी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । दक्षिण कोरियाले उनलाइ झाञ्जु अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको हो ।
कोरोनाका कारण अनलाइन कार्यक्रमबीच बिहीबार अवार्ड प्रदान गरेको उनले बताए । बाराही मच्छिन्द्रनाथ काष्ठकलाका नाइके हुन् । दक्षिण कोरियाको झाञ्जु नगरले संसारभरका अमूर्त सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।
यस वर्ष भने नेपाल, इटली र ताजिकिस्तानले प्राप्त गरेका छन् । झाञ्जु नगरका प्रमुखले भौतिक रुपमै अवार्ड प्रदान गर्ने कार्यक्रम रहे पनि कोरोनाका कारण भर्चुअल कार्यक्रमबीच अवार्ड प्रदान गरेको बाराहीले जानकारी गराए । अवार्डको राशी १० हजार अमेरिकी डलर छ ।
बाराहीले ५५ वर्षदेखि मच्छिन्द्रनाथको काष्ठकलासम्बन्धी काम गर्दै आएका छन् ।









