काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाथिक उत्तरदायित्व अन्तर्गत शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कलैया उपमहानगरपालिका, वडा नं १, राजदेवी माता मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, राजदेवी सांगीतिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय बासिन्दाको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसैको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसले १०३ वटा शाखामार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय